नेपालले एक वर्षमा २३ करोडको यार्सागुम्बा निर्यात गर्‍यो

२०८२ श्रावण ६, मंगलवार

काठमाडौँ : नेपालले एक वर्षमा २३ करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । नेपालले १० वटा विभिन्न देशमा ५४८ केजी यार्सागुम्बा २३ करोड ७५ लाख ३० हजार रुपैयाँको निर्यात गरेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक तथ्याङ्क अनुसार चीनमा ३ करोड ८४ लाख ३९ हजारको निर्यात हुँदा सबैभन्दा धेरै हङकङमा १२ करोड ९३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको हो ।

यस्तै जापानमा ४ लाख ५ हजार रुपैयाँको निर्यात गरेको छ । मलेसियामा ६३ लाख ३४ हजार, रुसमा २ लाख ९५ हजार, सिंगापुरमा १करोड ८८ लाख ४१ हजार, बेलायतमा ५९ लाख ३१ हजार, अमेरिकामा १ करोड ५१ लाख ५ हजारको निर्यात हुँदा थाइल्याण्डमा भने जम्मा ६ हजार रुपैयाँको मात्रै निर्यात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार