बुद्ध एयरको जहाज आकस्मिक अवतरण, सबै यात्री सकुशल

२०८२ श्रावण ६, मंगलवार

काठमाडौं : बुद्ध एयरको एक आन्तरिक उडानमा प्राविधिक समस्या देखिएपछि जहाजलाई आकस्मिक रूपमा अवतरण गराइएको छ।

सुदूरपश्चिमका लागि उडेको जहाजले उडानकै क्रममा समस्या देखिएपछि तत्काल काठमाडौं फर्केर सुरक्षित रूपमा अवतरण गरेको हो। घटनाको पुष्टि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बिराज भक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत गरेका छन्। उनले आफू र सांसद हरी ढकाल पार्टीको आन्तरिक कामका लागि सुदूरपश्चिम जाँदै गर्दा प्राविधिक कारणले जहाज फिर्ता ल्याइएको जानकारी दिएका हुन्।

सांसद श्रेष्ठले लेखेका छन्, “हामी सबै सकुशल छौं। जहाजमा रहेका सबै यात्रुहरू सुरक्षित छन्।” उनले घटनाको बेला पाइलट र जहाज चालक दलको सतर्कताका लागि आभार व्यक्त गरेका थिए।

हवाई यात्रा विश्वभर सबैभन्दा सुरक्षित यातायातका रूपमा चिनिए पनि नेपालमा पछिल्ला दिनहरूमा आन्तरिक उडानमा प्राविधिक समस्याहरू दोहोरिँदै आएका छन्। दैनिक हजारौँ माइल यात्रा गर्ने जहाजहरू विश्वभर सुरक्षित रूपमा सञ्चालन भइरहेका भए पनि नेपालको हवाई सुरक्षामा सुधार आवश्यक देखिन्छ।

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न नियमनकारी निकाय र हवाई सेवा प्रदायक कम्पनीहरू थप जिम्मेवार बन्नुपर्ने आवाज उठ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार