ट्रम्पले ओबामालाई लगाए राजद्रोहको आरोप

२०८२ श्रावण ७, बुधबार

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई राजद्रोहको आरोप लगाएका छन् ।

ट्रम्पले मंगलबार ह्वाइट हाउसको ओभल अफिसमा ओबामाबारे पत्रकारहरूसँग ‘कन्सपिरेसी थ्यौरी’ अगाडि सार्दै उनलाई २०१६ को राष्ट्रपति निर्वाचनमा हेरफेर र रुसी हस्तक्षेप सम्बन्धी अनुसन्धानलाई लिएर राजद्रोहको आरोप लगाएका हुन् ।

‘उनीहरूले निर्वाचन हेरफेर गर्न खोजे र उनीहरू पक्राउ परे’, ट्रम्पले भने, ‘त्यसका लागि उनीहरुले गम्भीर परिणाम भोग्नुपर्छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार