सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

२०८२ श्रावण १५, बिहीबार

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) विश्वासको मत लिँदै छन् ।

उनले अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले ह्वीप जारी गरेको छ । प्रमुख सचेतक सुरेन्द्र पालले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन भनिएको बताए । कांग्रेसका सांसदहरुलाई पनि धनगढी नछाड्न र प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन भई पक्षम मत हाल्न निर्देशन दिइएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए ।

यता माओवादी केन्द्रका ११ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका ७ सांसद पनि हाल प्रतिपक्षमै छन् ।प्रदेशमा एकीकृत समाजवादीका ४ जना, राप्रपा र स्वतन्त्र सांसद १–१ जना सांस्द छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक हुन्छ ।

कांग्रेसका १८ र एमालेका ११ सांसद जोड्दा बहुमत सजिलै पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार