आज पनि घट्यो सुनको मूल्य

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ९३ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ७० रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर २ हजार २ सय ३५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार