सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

२०८२ श्रावण १६, शुक्रबार

सर्लाही : सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो। सोमबार साँझ सुँगुरलाई चारो हाल्न गोठमा गएको बेला उनलाई गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो।

सर्पको टोकाइबाट गम्भीर बिरामी परेकी उनलाई उपचारको लागि आफन्तले राति नै नवलपुरमा रहेकाे सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए। तर, अवस्था गम्भीर भएकाले त्यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुर अन्चल अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको आफन्तले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार