चितवनमा माछा मार्ने क्रममा एक जना बेपत्ता

२०८२ श्रावण १८, आईतवार

चितवन : चितवनमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–२३ केरुङ्गा खोलामा माछा मार्न गएका स्थानीय ५० वर्षीय भीमबहादुर दराई बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शनिबार साँझ माछा मार्न गएका उनी खोलामा बेपत्ता भएका हुन्। बेपत्ता दराईको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार