इमान्दारिताको लडाइँमा पराजित भएँ : बहादुर सिंह लामा

२०८२ श्रावण १८, आईतवार

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका बहादुर सिंह लामाले इमान्दारिताको लडाइँमा पराजित भएको बताएका छन्।

आज मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका लामाले आफू इमान्दारिताको लडाइँमा पराजित भएको तर त्यसमा आत्मग्लानी नभएको बताएका हुन्। ‘मैले बदमासी गरिनँ, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन,’ लामाले पत्रकार सम्मेलनमा भने, ‘के यो नै मेरो कमजोरी हो र? इमान्दारिताको लडाइँमा पराजित हुँदा मलाई आत्मग्लानी छैन, बरु सन्तोषको अनुभूति भएको छ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले संवैधानिक मूल्यहरू बिर्सिएको आरोप लगाउँदै उनले आफूले पटक–पटक सच्चाइ र पारदर्शिताको परीक्षा दिएको र त्यसमा सफल भएको दाबी गरे। लामाले भने, ‘मैले कहीँकतै गलत हुन दिइनँ, मेरो निष्ठा, सरलता र सफा कार्यशैलीमै अडिग रहेँ। यो नै मेरो कमजोरी बन्यो।’

उनले संविधानले आफूलाई अझै मुख्यमन्त्रीको रूपमा सुरक्षित राखे पनि पार्टीभित्रको बृहत्तर छलफलपछि विधि, मूल्य र मान्यता कायम गर्न राजीनामा दिने निर्णय लिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार