किसानलाई चिउरा चाउचाउ हैन, प्याकेज योजनाको व्यवस्था गर : सांसद न्यौपाने

२०८२ श्रावण १९, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले किसानलाई बाढी आउँदा चिउरा चाउचाउ हैन, वैकल्पिक योजनासहित कृषि र कृषकको उत्थानको लागि प्याकेज योजनाको व्यवस्था गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद न्यौपानेले प्याकेजको योजना ल्याए मात्र सरकार किसानको साथमा छ भन्ने अनुभूति हुने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । न्यौपानेले भनिन्, ‘किसानलाई बाढी आउँदा चिउरा चाउचाउ हैन, यस्तो क्षेत्रमा वैकल्पिक योजना सहित कृषि र कृषकको उत्थानको लागि प्याकेज योजनाको व्यवस्था गरियोस् ताकि सरकार किसानको साथमा छ भन्ने अनुभूति किसानले गर्न सकुन्।’

उनले नेपाल कृषिप्रधान देश भए पनि कृषिको विकास, कृषकको अत्यावश्यक आवश्यकतालाई ध्यान दिन नसकेको बताइन् । जुनसुकै सरकारले कृषकलाई मौखिक आश्वासन बाँडेको बाँड्यै तर व्यवहारमा किसानको जीवनमा हिजो र आजमा कुनै परिवर्तन ल्याउन पहल नगरेको आरोप उनको थियो । किसानले उत्पादन गरेको धान पनि राख्ने ठाउँ नभएर सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार