बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँको दाबी पेस

२०८२ श्रावण १९, सोमबार

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दाबी पेस गरेका छन् ।

नेकपा (एमाले) संसदीय दलका नेताको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आइतबार पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आह्वान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार