मुख्यमन्त्री बानियाँले सोमबार विश्वासको मत लिने

२०८२ श्रावण २३, शुक्रबार

काठमाडौँ : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री बानियाँले सभामुख भुवनकुमार पाठकलाई आग्रह गरिसकेका छन्।

नेकपा (एमाले) को समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ । मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री सहित कांग्रेसका २ र एमालेका ६ मन्त्री सरकारमा सहभागी गराएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार