पशुपतिमा हड्डी निकाल्ने घटनामा संलग्न दुई जनालाई सात दिन हिरासतमा राख्न अनुमति

२०८२ श्रावण २७, मंगलवार

काठमाडौं : पशुपतिको आर्यघाटमा शव दाहसंस्कार गरिरहँदा हड्डी निकालेर बिक्री गरेको घटनामा पक्राउ परेका दुई जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

दुई जनामाथि अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए। प्रहरीले काभ्रेका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरका २४ वर्षीय विनायक मैनालीलाई पक्राउ गरेको थियो।

उनीहरूले शुक्रबार दिउँसो पौने ३ बजे पशुपतिमा चितामा जलाउँदै गरेको शवबाट एउटा हड्डी निकालेको आरोप लागेको हो। हड्डीलाई बट्टामा राखेर ४/५ सय रुपैयाँमा बिक्री गरेको आरोप उनीहरूमाथि छ। पक्राउ परेका जीवनाथ घाटे बाहुन हुन्। अर्का सहयोगी हुन्।

यसमा हड्डी किनेका भनिएका व्यक्ति भने फेला परेका छैनन्। कुन प्रयोजनका लागि उक्त हड्डी निकालिएको थियो भन्ने पनि खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार