सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

२०८२ श्रावण २७, मंगलवार

काठमाडौं : सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीया बुद्ध लामा पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो। उनीविरूद्ध १२ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार