माग सम्बोधन नभए सभामुखकै अगाडि अनसन बस्ने सांसद मोदीको चेतावनी

२०८२ श्रावण २७, मंगलवार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफ्नो माग सम्बोधन नभए सभामुखकै अगाडि अनसन बस्ने चेतावनी दिएका छन्। मङ्गलबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै सांसद मोदीले यस्तो चेतावनी दिएका हुन्।

‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो। आजसम्म बनेको छैन। जनताले सडकमा धान रोपाइँ गर्दैछन्। सरकारलाई रुलिङ हुनुपर्‍यो। एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईंकै अघि अनसन बस्छु,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार