कांग्रेस शान्ति प्रक्रियाको नायक पार्टी हो : स्वास्थ्यमन्त्री पौडेल

२०८२ श्रावण २८, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शान्ति प्रक्रियाको नायक कांग्रेस रहेको बताएका छन् ।

कांग्रेस तनहुँले सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसका अवसरमा आज भिमाद नगरपालिका–६ मा आयोजना गरेको स्मृति सभामा उनले विगतदेखि नै विद्रोही समूहलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गरे । मन्त्री पौडेलले भने, “कांग्रेसले हिंसालाई स्वीकार गर्दैन । त्यसैले हामीमाथि नै  आक्रमण गर्नेसँग मिलेर शान्ति ल्याउने कोसिस गरेका थियौँ, तर आज पनि उही प्रश्न अनुत्तरित छ कल्याण खनालहरू किन मारिएका थिए ?”

लोकतन्त्रका लागि तनहुँबाट धेरै जना सहिद भएको स्मरण गर्दै पौडेलले कांग्रेसमा लागेकै कारण अकालमा ज्यान गुमाउनुपरेको र ज्यान लिनेले पनि त्यसको जवाफ दिन नसकेको चर्चा गरे । कांग्रेसले कल्पना गरेको वास्तविक सदस्य स्व खनाल भएको भन्दै उनले पार्टीमा उनीजस्तै सदस्य हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, तनहुँ क्षेत्र नं २ का सभापति चूडामणि खनाल, प्रदेश २ (१) का सभापति जितराज राना, सहिद खनालका धर्मपत्नी इन्दिरा खनाललगायतले स्व खनालको योगदानबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार