नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

२०८२ भाद्र १, आईतवार

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै बिहान करिब १० बजे पहिरो खस्दा यो सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो। आइतबार बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो।

सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार