ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट आइइएलटीएस साझेदारलाई सम्मान र रोमाञ्चक नयाँ अभियान शुभारम्भ

२०८२ भाद्र १, आईतवार

काठमाडौँ : ब्रिटिस काउन्सिल नेपालले विशेष समारोहको आयोजना गर्दै उत्कृष्ट आइइएलटीएस साझेदारलाई सम्मान गरेको छ । साथै, नयाँ ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भसमेत गरिएको छ ।

आइइएलटीएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट)का अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म असाधारण योगदान दिने संस्थालाई २० विधामा अवार्ड प्रदान गरिएको थियो। यस अवसरमा अर्बिट मेडिकल इन्ट्रान्स प्रा।लि। लाई प्लेटिनम पार्टनर अवार्ड र आइइएलटीएसलाई उत्कृष्ट संघ अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रमले ब्रिटिस काउन्सिल र साझेदारबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा र करिअरमा नयाँ अवसर जोड्ने सामूहिक प्रतिबद्धता दोहोर्‍याएको छ।

ग्लोबल च्यानल पार्टनर अभियान

ब्रिटिस काउन्सिलले शुरु गरेको नयाँ अभियानले ठूला मात्र नभई साना साझेदारलाई पनि निष्पक्ष प्रतिस्पर्धाबाट सम्मान र पुरस्कार जित्ने अवसर दिने लक्ष्य राखेको छ।

उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारलाई आर्थिक सहायता प्रदान गर्दै लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा हुने समापन समारोहमा सहभागी गराइनेछ र संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गराइनेछ।

आइइएलटीएस उपहार अभियानको तेस्रो संस्करण

ब्रिटिस काउन्सिलले टर्किस एयरलाइन्स, पठाओ र सफारीसँग सहकार्यमा आइइएलटीएस उपहार अभियान–सिजन ३ शुभारम्भ गरेको छ। यस अभियानअन्तर्गत जाँच दिने विद्यार्थीले हरेक दिन, हरेक हप्ता र महिनामा उपहार जित्ने अवसर पाउनेछन्।

पुरस्कारमा एकतर्फी हवाइ टिकट (बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि), एप्पल म्याकबुक एयर, सफारी सुटकेश, पठाओ राइड छुट, र रेस्टुरेन्ट भौचर रहेका छन्। बम्पर उपहारअन्तर्गत टर्किस एयरलाइन्सले चार वटा हवाइ टिकट प्रदान गर्नेछ। यसमा सहभागी हुन १५ अगस्टदेखि ३१ अक्टोबर २०२५ भित्र आइइएलटीएस  परीक्षाको बुकिङ र शुल्क बुझाउनुपर्नेछ।

सो अवसरमा नेपालस्थित बेलायती राजदूत रोब फेनले भने,“बेलायतको शिक्षा प्रणालीले नेपाली विद्यार्थीलाई विश्वस्तरमा अघि बढ्ने अवसर दिएको छ। हाल बढ्दो संख्यामा नेपालीले बेलायत रोज्नु हाम्रो लागि उत्साहजनक हो।”

त्यस्तै, ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले साझेदारहरूको योगदानलाई गौरवका साथ स्मरण गर्दै भनिन्, “हाम्रा साझेदारहरूको समर्पणले नेपाली युवाका लागि रूपान्तरणमुखी अवसरको ढोका खोलेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार