स्मार्ट ठगले नानीको बालाई नख्खुमै बोलाएछन् : महेश बस्नेत

२०८२ भाद्र ५, बिहीबार

काठमाडौं : नेकपा (एमाले)का नेता  महेश बस्नेतले  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हिजो रास्वपाका सभापति रवि लामिछानेलाई भेटेको विषयलाई  लिएर सामाजिक सञ्जालमा व्यङ्ग गरेका छन्।

सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई ‘स्मार्ट ठग’को संज्ञा दिँदै आएका बस्नेतले  अध्यक्ष दाहाललाई ‘नानीको बा’ भन्दै व्यंग गरेका छन्।

‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका बालाई राजनीतिबाट निकाल्छु भन्थे,’  उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाए छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार