संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

२०८२ भाद्र ५, बिहीबार

 

काठमाडौं : भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।

फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार