राउटे समुदायका जेष्ठ सदस्यको निधन

२०८२ भाद्र ५, बिहीबार

काठमाडौं : भ्रमणशील जीवनयापन गर्दै आएका दक्षिण एशियाको एकमात्र लोपोन्मुख जाती राउटे समुदायका जेष्ठ सदस्य नन्दाराम शाहीको निधन भएको छ । ७५ बर्षिय शाहीकोे हृदयघातका कारण बिहीबार बिहान ९ः३० बजे निधन भएको हो ।

केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाई सराई गरेका थिए । लेकवेशी नगरपालिका–१० झुप्राखोला जंगलमा बसोबास गरिरहेका शाहीको बिहीबार विहान निधन भएको राउटे परियोजनाका जोडी शिक्षकको रुपमा काम गर्दै आएका लालबहादुर खत्रीले टेलिफोनबाट जानकारी दिए ।

मृतक नन्दाराम शाहीको पत्नीको एकबर्ष अघि मात्र मृत्यु भएको थियो । श्रीमती गुमाएका शाही पछिल्लो समय कमजोर बन्दै गएका थिए । मृतक शाहीका ४५ वर्षीय छोरी बहिरा शाही र जुवाई चन्द्रमान शाही छन् ।

उनको नाति नातिना ७ जना रहेका छन् । फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल झुप्रा खोला जङ्गलमा बस्दै आएका छन् । शाहीको निधनपछि राउटे समुदायको संख्या १३५ झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार