सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ भाद्र ८, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ हजार ३ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ९७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १० रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर २ हजार ३ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार