तनहुँ : यहाँको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा सोमबार एक जना बेपत्ता भएका छन् ।
नदीले बगाएका अर्का एक जनाको उद्धार गरिएको छ । पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारी बस्ने १३ वर्षीय कुशल ढकाल र भरतपुर महानगरपालिका–१६ मङ्गलपुर बस्ने १७ वर्षीय कृष्ण लामिछानेलाई नदीले बगाएको थियो । बगाएकामध्ये कुशल ढकाललाई स्थानीय सोमबहादुर बोटेले उद्धार गरेका हुन् भने कृष्ण लामिछाने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।
बेपत्ता लामिछानेको खोजी भइरहेको उहाँले जानकारी दिए । बेपत्ताको खोजीका लागि १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको टोली खटिएको छ । ती दुई किशोर दिदीबहिनीका छोराहरु हुन् । उनीहरु मामाघर आएका थिए ।





