नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

२०८२ भाद्र १०, मंगलवार

काठमाडौं : नेकपा एमालेले आगामी १३ भदौमा बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

पार्टीको दोस्रो विधान महाधिवेशनका लागि प्रस्तावित संशोधन मस्यौदामाथि थप सुझाव समेट्न समय लाग्ने भएकाले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन सम्बन्धी मस्यौदामाथि आज सम्म सुझाव दिने समय तय गरिएको थियो । ‘सुझावहरू मिलाउन समय लाग्ने देखिएकाले बैठक स्थगित गरिएको हो,’ गौतमले भने, ‘अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।’

पार्टीले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ । उक्त महाधिवेशनमा पेश गरिने संशोधन मस्यौदालाई अन्तिम रूप दिन केन्द्रीय कमिटी बैठक डाकिएको थियो । तर मस्यौदा छपाइका लागि समेत समय चाहिने भएपछि बैठक सारिएको हो ।

विधान महाधिवेशनमा पार्टी संरचना, कार्यशैली, नेतृत्व चयन प्रक्रिया लगायत विषयमा महत्वपूर्ण संशोधन प्रस्ताव गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार