काठमाडौँ : भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।
यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा छ अंकसहित बंगलादेश दोस्रो स्थानमा छ । भारत नौं अंकसहित शीर्ष स्थानमा छ ।
यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन् ।





