सुनकोसीमा बेपत्ता १४ वर्षीय किशोरको शव भेटियो

२०८२ भाद्र २२, आईतवार

सिन्धुली : गएको शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएका १४ वर्षीय किशोरको शव फेला परेको छ। पौडी खेल्ने क्रममा बेपत्ता भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनीघाट निवासी पवन मग्रातीका छोरा प्रख्यात मग्रातीको शव फेला परेको हो।

गोताखोर र प्रहरी टोलीले खोजी गर्ने उनको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएकाे छ। बेपत्ता किशोरको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी विपत् व्यवस्थापन बेस क्याम्प खुर्कोटको टोली र स्थानीय खटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार