सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह

२०८२ भाद्र २२, आईतवार

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइशमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आज उनकै कार्यकक्षमा भेटेर सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन आग्रह गरेका छन् ।

सङ्खुवासभाका सामुदायिक विद्यालयलाई भौतिक रूपमा सुविधासम्पन्न बनाउन आफू क्रियाशील रहेको जनाउँदै उनले मन्त्री पन्तसँग खाँदबारीस्थित लक्ष्मी आधारभूत विद्यालय, चैनपुरको शारदा तथा सरस्वती माध्यामिक विद्यालय, आँखिभूइँस्थित अमरुवा तुम्लिङटारको मनकामना रत्नअम्बिका माध्यामिक विद्यालयलगायत शैक्षिक प्रष्ठिानको स्तरोन्नतिका निम्ति सहयोग गर्न आग्रह गरेका हुन् ।

मन्त्री पन्तले उनको अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार