नेपालमा धर्म प्रचार गरेको आरोपमा अमेरिकन नागरिक डिपोर्ट

२०८२ भाद्र २२, आईतवार

काठमाडौँ : नेपालमा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका अमेरिकन नागरिकलाई जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय भएको छ। अध्यागमन विभागले अमेरिक नागरिक डानियल एस कर्नीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएर डिपोर्ट गरिदिने निर्णय गरेको हो।

उनलाई ११ वर्षसम्म नेपाल आउन प्रतिबन्ध लगाइएको छ। भिसाको उद्देश्य विपरीत इसाइ धर्मको प्रचार गरिरहेको भेटेपछि २०८२ भदौ ९ गते उनलाई पक्राउ गरिएको थियो।

उनले बालगृहका बालबालिकाहरूलाई इसाइ धर्म सिकाउने गरेको र धर्म परिवर्तन गर्न लगाउने गरेको आरोप पनि छ। यस्तै फ्रान्सका एक जना र इण्डोनेसियाका ४ जना नागरिकलाई पनि डिपोर्ट गर्ने निर्णय भएको छ। फ्रान्सका नागरिक माथिल्ड नाथाइल पर्यटक भिसामा आए पनि व्यवसाय गरिरहेको र डिजिटल कारोबार गरेको भेटिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार