तपाईंहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ : रवि लामिछाने

२०८२ भाद्र २३, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार जेनजी पुस्ताले गर्न लागेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै आइतबार भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हुने बताएका छन्।

नख्खु कारागारबाट उनले निजी सचिवालयबाट शुभेच्छा वक्तव्य जारी गर्दै युवाहरूमा इतिहास बदल्ने शक्ति रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि जेनजीहरूले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा गर्ने प्रदर्शनले इतिहासको नयाँ सुरुवातको भएको उल्लेख गर्दै उनले विवेक प्रयोग गर्न र सचेत हुन आग्रह गरेका छन् ।

‘सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले भनेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार