काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी पुस्ताको आन्दोलनका क्रममा मृतकप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
पार्टी महासचिव भुसालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण तरिकाले समस्या समाधान नगरी हिंसात्मक दमनतर्फ उत्रिएको आरोप लगाए । महासचिव भुसालले उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न माग गरेका छन् ।
उनले आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग नगर्न आन्दोलनरत युवालाई आग्रह पनि गरेका छन् ।





