काठमाडौं : जेनजी आन्दोलनकारीहरुले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल चढ्ने सरकारी गाडीमा आगजनी गरेका छन् ।
आन्दोलनकारीहरुले मंगलबार दिउँसो करिब ४ बजेतिर सिमरा विमानस्थलमा पाकिङ गरी राखेको उपमहानगरको ना १ झ १६१९ नम्बरको सरकारी गाडीलाई सिमरा चोकमा ल्याएर आगजनी गरेका हुन् ।





