अत्यावश्यक सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको बैठक

२०८२ भाद्र २५, बुधबार

काठमाडौँ : जेनजी आन्दोलनका कारण असहज बनेको सेवा सुचारु गर्ने विषयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक बस्ने भएको छ ।

विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणको लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले  जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार