कारागारबाट भागे टोपबहादुर रायमाझी

२०८२ भाद्र २५, बुधबार

काठमाडौं : सुन्धारास्थित केन्द्रीय कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझी भागेका छन् । यहाँबाट रायमाझीसँगै करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।

कारागारमा ३८ सय कैदीबन्दी रहेकामा अहिले करिब ५ सयको हाराहारीमा मात्रै बाँकी छन् । भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार