काठमाडौं : दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न आज दिउँसो बोलाएको बताए ।
‘दशैं नजिकिएकाले अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भनेर सरकारले छलफलमा बोलाएको छ,’ सिटौलाले भने, ‘वर्षाको अवस्था, शान्ति सुरक्षाको अवस्था सबै विश्लेषण गरेर आवश्यक निर्णय हुन्छ ।’





