आफैभित्रको फोहोर सफा गर्ने संकल्प गरौँ : जनार्दन शर्मा

२०८२ भाद्र २९, आईतवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब आफैभित्रको फोहोर सफा गर्ने संकल्प नगरे यस प्रकारका क्षतिको पुनरावृत्ति भइरहने बताएका छन्।

जलेका राष्ट्रिय संरचना हेरेपछि शर्माले यस्तो बताएका हुन्।

‘आज मैले जलेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, अदालत र पार्टी कार्यालय, अनि कान्तिपुर, भाटभटेनीलगायतका क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरेँ,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौँ।’

रूपान्तरणमार्फत सोचमा नै परिवर्तन गरेर मात्र यस प्रकारका क्षतिको पुनरावृत्ति हुनबाट बच्न र बचाउन सकिने शर्माले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार