साफ यू–१७ फुटबल : नेपाल आज बंगलादेशसँग भिड्दै

२०८२ आश्विन २, बिहीबार

काठमाडौं : साफ १७ वर्षमुनि फुटबल प्रतियोगितामा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे कोलम्बोमा हुनेछ । पहिलो खेलमा श्रीलङ्कालाई २–० ले हराएको नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ ।

समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । मंगलबार भारतले माल्दिभ्सलाई ६–० तथा पाकिस्तानले भुटानलाई ४–० गोलले हराउँदै तीन–तीन अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार