बाबुछोराको एकैदिन निधन, सँगसँगै चितामा जलाएर बिदाइ

२०८२ आश्विन ४, शनिबार

काठमाडौं : कञ्चनपुरमा एक परिवारमा हृदयविदारक घटना घटेको छ।

एकैदिन बाबुछोराको निधन भएको यो हृदयविदारक घटना घटेको हो। भीमदत्त नगरपालिका- ११, गड्डाचौकीका राना परिवारका बाबुछोराको एकैदिन निधन भएको हाे। उपचारार्थ रहेका बाबुछोराको निधन भएको जनाइएको छ।

भीमदत्त नगरपालिका- ११ का वडाध्यक्ष प्रकाश थापाले दुवै बाबुछोरा बिरामी भएपछि नेपाल भारतका अस्पतालमा उपचारकै क्रममा निधन भएको बताए। मिर्गाैला रोगबाट पीडित ६९ वर्षीया बाबु दानबहादुर राना र जन्डिस रोगबाट पीडित ४० वर्षीया विक्रम रानाको २४ घण्टाकै समयमा निधन भएको वडाध्यक्ष थापाले बताए ।

बाबु दानबहादुरको धनगढी स्थित मायामेटो अस्पताल र छोरा विक्रमको भारतकाे बरेली गुडलाइफ अस्पतालमा मृत्यु भएको हो। शुक्रबार छोरा मरेको खबरले राना परिवार शोकमै डुबेका वेला त्यसको केहीबेरमै बाबु मरेको खबरले राना परिवारमा सन्नटा छाएको छ।

शनिबार दिउँसो मृतक बाबुछोराको महाकाली नदीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। बृद्ध बाबु र युवा छोराको निधनले राना परिवारमा बज्रपात मच्चिएको छ। घटनाले सिंगो गाउँ नै  शोकाकुल बनेको छ। नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार