राष्ट्रलाई सुम्पेको सम्पत्ति जलाएर कसलाई फाइदा ? : राधिका शाक्य

२०८२ आश्विन ४, शनिबार

काठमाडौं : निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य जेनजी आन्दोलनका बेला जलाइएको भक्तपुरको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्न पुगेकी छिन्।

एमाले केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार जलेर खण्डहर बनेको आफ्नो घर पुगेपछि उनी भक्कानिएकी थिइन्। ‘यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो,’ शाक्यको प्रश्न थियो, ‘हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो?’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजीनामा दिएर केही दिन सैनिक ब्यारेकमा बसेका ओली हाल भक्तपुरको गुन्डुस्थित एक डेराको घरमा बस्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार