सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति छानबिन गरियोस् : गगन थापा

२०८२ आश्विन ४, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग राखेका छन् ।

शनिवार भिडियो सन्देशमार्फत उनले कांग्रेसको पुनर्संरचनाका लागि विशेष महाधिवेशनको प्रस्ताव गरे । उनले जेनजी आन्दोलनमा भएको दमन र हिंसात्मक घुसपैठको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग आग्रह गरे । थापाले भ्रष्टाचार र सुशासनका मुद्दा सम्बोधन नभएसम्म पीडित परिवारलाई भेट्न आफू नैतिक रूपमा असमर्थ रहेको बताए ।

उनले भदौ २३ को सरकारी दमन र भदौ २४ को आगजनी तथा लुटपाटको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । चारपटक सांसद र मन्त्री बनेका थापाले आफ्नै सम्पत्तिबाट छानबिन सुरु गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै सबै पदाधिकारीको सम्पत्ति र स्रोतको कानुनी छानबिन आवश्यक रहेको जोड दिए ।

कांग्रेसको विगतका कमजोरीप्रति आत्मसमीक्षा गर्दै उनले पार्टी पुनर्संरचनाका लागि पुरानो क्रियाशील सदस्यता खारेज गरी नयाँ महाधिवेशन वा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न प्रस्ताव गरे । देशलाई प्राथमिकतामा राख्दै उनले सुधार अभियानमा दृढ रहने अठोट व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार