क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीमा लिलाम बिक्री गरिने

२०८२ आश्विन ६, सोमबार

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधन र मेसिनलाई कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । उनले भने, खाताबाट यस्ता सामान मिनाहा गरी कवाडीका रूपमा लिलाम बिक्री गरिनेछ । केन्द्रको हकमा सहरी विकास मन्त्रालय र जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी यो कार्य सम्पन्न गरिनेछ ।

साथै, आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार