देउवाका साला भूषण राणाको घरमा सीआईबीको छापा

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ।

भूषण देउवापत्नी आरजु राणाका भाइ हुन्। उनको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको हो। भूषण राज्यका विभिन्न निकायबाट हुने ठूला खरिद र नियुक्तिहरूमा चलखेल गर्ने व्यक्तिका रूपमा परिचित छन्।

देउवाको बूढानीलकण्ठस्थित घरमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते ठूलो मात्रामा नगद तथा बहुमूल्य सामग्री भेटिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार