पाथीभरा क्षेत्रमा मदिरा बिक्री, वितरणमा प्रतिबन्ध

२०८२ आश्विन १३, सोमबार

फुङ्लिङ : पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो । समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ ।

साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार