देश न उखानले बन्छ, न स्ट्याटसले, पाखुराले बन्छ : हर्क साम्पाङ

२०८२ आश्विन १५, बुधबार

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति कठोर बनिरहेका छन् ।

आज पनि हर्कले बालेनलाई लक्षित गर्दै ‘देश न उखानले बन्छ, न स्ट्याटसले, देश त पाखुराले बन्छ’ भनेका छन् । अझ उनले बढ्ता कुरा गर्नेलाई ढुंगा बोकाइदिने चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौंको विकास न मेयरहरूले गर्‍या हो न प्रधानमन्त्रीहरूले ! त्यो त त्यहीँका र देशभरिका जनताको ट्याक्सले गरेको हो । विकासको मोडल हेर्न त हाम्रो श्रमदानमा आउनु पर्छ ! खुट्टा हल्लाएर हिँडेर हुँदैन ! न उखान टुक्काले बन्छ न स्ट्याटसले । देश बन्ने भनेको पाखुराको दमले बन्ने हो श्रमदानले बन्ने हो । बढ्ता कुरा नगर्नु ५०–५० केजीको ढुङ्गा बोकाइदिन्छु अनि थाहा पाउँछ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार