एयरपोर्टमा दुईवटा विमान आपसमा ठोक्किए, एक यात्री घाइते

२०८२ आश्विन १६, बिहीबार

काठमाडौं : अमेरिकाको न्युयोर्कस्थित ला गार्डिया एयरपोर्टमा बुधबार ट्याक्सीवेमा दुईवटा विमान आपसमा ठोक्किएका छन् ।

दुवै विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयरद्वारा सञ्चालित थिए । दुर्घटनामा एक यात्री घाइते भएका छन् । दुर्घटनापछि दुवै विमानका यात्रुहरूलाई तल झारेर बसमार्फत टर्मिनलसम्म पुर्‍याइएको थियो । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यो घटना राति ९ः५८ बजे भएको हो ।

अधिकारीहरूका अनुसार, एउटा विमान अवतरणपछि गेटतर्फ गइरहेको थियो । त्यही बेला उडानको तयारीमा रहेको अर्को विमानसँग ठोक्किएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा एउटा विमानको पखेटा पूर्णरूपमा भाँचिएको देखिन्छ । घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुवै विमान बम्बार्डियर सीआरजे–९०० मोडेलका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार