गीतकार नारायण खतिवडाको भजन गीत ‘खुशी’ सार्वजनिक

२०८२ आश्विन २०, सोमबार

काठमाडौँ : गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत तथा कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुशी’ सार्वजनिक गरिएको छ ।

नमस्ते नेपाल डिजिटल स्टूडियोबाट गीत सार्वजनिक भएको हो । खुशी हुन आफूले आत्मचिन्तन गर्नुपर्ने भाव गीतमा रहेको छ । त्यसको सजिलो बाटो भगवानप्रतिको चिन्तनले सम्भव हुने गीतले सन्देश दिएको छ । तर भगवानप्रति विश्वास नगर्नेले भने आत्मचिन्तनबाटै आन्तरिक खुशी हुन सकिने भावसमेत समेटिएको छ ।

आजभोलिको भागदौड, व्यस्तता तथा भौतिकवादी चिन्तनबाट भौतिक सुख पाए पनि मानिस सुखी र खुशी बन्न सकेको छैन । त्यसका लागि भौतिक सुखका साथै आध्यात्मिक चिन्तनबीचको सन्तुलन हुनुपर्ने गीतको भाव रहेको छ ।

उक्त सन्देशमूलक भजनमा कलाकार अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ । सार्वजनिक भएको भजनको म्युजिक भिडियोमा गीतकार खतिवडा आफैंले निर्देशन गरेका हुन् । खतिवडाका सम्झनाका पाइलाहरू, बहारजस्ता गीति पुस्तक प्रकाशन भएका छन् भने धेरै  गीत र भिडियो पनि आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार