अल्पमतमा परे मधेशका मुख्यमन्त्री सिंह

२०८२ आश्विन २२, बुधबार

काठमाडौं : नेकपा (एमाले) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज (बुधबार) एमालेले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सिंह नेतृत्वको सरकारसँग अब सहकार्य सम्भव नरहेको एमालेको भनाइ छ । एमालेको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सिंह नेतृत्वको मधेश सरकार अल्पमतमा परेको छ ।

एमालेले मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप लगाएको छ । मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले सुशासन र विकासका पक्षमा काम गर्न असफल भएको र आफूहरु समर्थन फिर्ता लिन बाध्य भएको एमालेको भनाइ छ ।

मधेश सरकारबाट यसअघि नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार