नेपाल भियतनामसँग ३-१ ले पराजित

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं : एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरणमा नेपाल भियतनामसँग पराजित भएको छ ।

भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियम बिहीबार राति सम्पन्न समूह ‘एफ’को खेलमा घरेलु टोलीसँग नेपाल ३-१ ले पराजित भएको हो । यस जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अङ्कसहित शीर्ष स्थानमा छ । लाओसले ३ अङ्क जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ ।

नेपालले यसअघि मलेसियासँग २-० र लाओससँग २-१ ले पराजित भएको थियो । नुगुएन टिएन लिङ, फाम जुआन मान्हले र नुगुएन भान भेली गोल गरे। नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले गरेका हुन् । खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका हुन् । तर, आठ मिनेटमै पछि नै सनिशले नेपालका लागि बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ बराबरीमै टुंगिएको खेलको दोस्रो हाफमा भने भियतनाम हाबी रह्यो । मान्हले ६७औँ मिनेटमा र भान भेली ७२औँ मिनेटमा गोल गर्दै भियतनामको जित सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार