दक्षिण कोरियाविरुद्ध ब्राजिलको फराकिलो जित

२०८२ आश्विन २५, शनिबार

काठमाडौं : पाँच पटकको विश्वकप विजेता ब्राजिलले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को सहज जित निकालेको छ ।

शुक्रबार दक्षिण कोरियामै भएको खेलमा ब्राजिललाई जित दिलाउन रोड्रिगो र एस्टेभाओेले समान दुई गोल गरे । भिनिसियस जुनियरको नाममा एक गोल रह्यो । खेलको १३औँ मिनेटमा एस्टेभाओले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । जसलाई ४१औँ मिनेटमा रोड्रिगोले दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो ।

४७औँ मिनेटमा एस्टेभाओले दोस्रो गोल गर्दै टिमको अग्रतालाई ३–० मा पुर्‍याए । त्यसको दुई मिनेटपछि नै रोड्रिगोले ब्राजिकाले यो अग्रतालाई ४–० मा पुर्‍याए । यस्तै, ७७औँ मिनेटमा भिनिसियसले गोल गरेपछि ब्राजिलले ५–० को सहज जित सुनिश्चित गरेको हो ।

ब्राजिलले अब दोस्रो मैत्रीपूर्ण फुटबलमा अर्को एसियाली प्रतिद्वन्दी जापानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । यी दुई टिमबीचको खेल अक्टोबर १४ मा जापानकै मैदानमा हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार