काठमाडौं : अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको परीक्षण भइरहेको छ । अस्पतालले प्रारम्भिक परीक्षण गरिरहेको जनाएको छ ।
शनिबार जेन-जी प्रतिनिधिहरूसँग छलफल राखेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि छलफल स्थगित गरी अस्पताल गएका हुन् ।





