सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौँ : मधेस प्रदेशका सांसदसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वकानुन राज्यमन्त्री सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सिंहविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ बिगो माग गरिएको छ।

सांसद सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी खाताहरूमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाएको र उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गर्न लगाएको खुलेको छ।

कायस्थले आफ्नै खातामा पनि रकम जम्मा गरी भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार