मलामी गएका युवा नदीमा बेपत्ता

२०८२ आश्विन ३१, शुक्रबार

चितवन : मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् ।

राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहिबार दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् ।

उनको खोजी भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार